दफा ३१
अनुगमन समितिको काम, कर्तव्य र अधिकार
: (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) आफ्नो जिल्लाभित्र इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायको अनुगमन गर्ने,
(ख) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले यस ऐनमा उल्लिखित कुनै शर्तको पालना नगरेको वा यो ऐन वा यस
ऐन अन्तर्गत बनेको नियम विपरीत कार्य गरेको पाइएमा त्यस्तो इजाजतपत्रवाला तथा प्रत्यक्ष बिक्रेता वा वितरकलाई आवश्यक निर्देशन दिने,
(ग) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेको
पाइएमा तत्काल त्यस्तो वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी सम्पूर्ण कारोबार रोक्का राख्न आदेश दिने,
(घ) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले प्रचलित अन्य कानून विपरीत काम कारबाही गरेको पाइएमा त्यस्तो
इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई प्रचलित कानून बमोजिम कारबाही गर्न वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेको कारणबाट कुनै उपभोक्तालाई हानि, नोक्सानी पुग्न गएको देखिएमा त्यस्तो हानि, नोक्सानीको क्षतिपूर्ति सम्बन्धित इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकबाट भराई दिन विभागमा लेखी पठाउने,
(ङ) निर्देशक समितिले दिएको निर्देशन कार्यान्वयन गर्ने ।
(२) उपदफा (१) को खण्ड (घ) बमोजिम लेखी आएमा विभागले तत्काल सम्बन्धित इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक उपर यस ऐन बमोजिम कानूनी कारबाहीको प्रक्रिया अघि बढाउनु पर्नेछ ।